प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको हितमा योगदान गर्न सबैलाई आह्वान गरेका छन्।
प्रधानमन्त्री ओलीले जनताको हितमा योगदान गर्न सके स्वर्गीय प्रकाश दाहालप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास पनि व्यक्त गरे । स्वर्गीय प्रकाश दाहालको प्रथम स्मृति दिवसको अवसर पारेर खुमलटारस्थित पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवासमा सोमबार बिहान आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले शोकलाई शक्तिमा बदलेर जीवनलाई गतिशील बनाई राख्न पनि दाहाल परिवारलाई आग्रह गरे ।
कार्यक्रममा भावविह्वल अवस्थामा रहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल र उनका परिवारलाई प्रधानमन्त्री ओलीले मृत्यु फर्काउन वा सच्याउन नसकिने विषय भएको स्मरण गराउँदै संयमता उपनाउन पनि पटक–पटक आग्रह गरे ।
प्रधानमन्त्री ओलीले स्वर्गीय प्रकाश दाहालको निधनबाट सिंगो पार्टी, देश र जनता अझै पीडामा रहेको उल्लेख गर्दै त्यसलाई शक्तिमा बदलेर देश र जनताको सेवामा लागि रहने प्रतिवद्धता पनि व्यक्त गरे । उनले प्रकाश दाहाललाई समझदार युवा नेताको रुपमा पनि चित्रण गरे ।































प्रतिक्रिया