जगमान गुरुङको अल्टिमेटम- वैशाख २१ गतेभित्र राजावादीहरुलाई नछाडे सामूहिक गिरफ्तारी दिन्छौं

जगमान गुरुङको अल्टिमेटम- वैशाख २१ गतेभित्र राजावादीहरुलाई नछाडे सामूहिक गिरफ्तारी दिन्छौं

केन्द्रबिन्दु
99
Shares

काठमाडौं । राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने घोषणा गरेका छन्।

बुधवार आयोजित पत्रकार सम्मेलनमा डा‍. गुरुङले आगामी वैशाख २१ गतेभित्र राजावादी आन्दोलनका क्रममा पक्राउ परेकाको रिहा र नजरबन्दमा राखिएका नवराज सुवेदीलाई मुक्त नगरे सामूहिक गिरफ्तारी दिने बताएका हुन् ।

‘बन्दी बनाइएका साथीहरूलाई मुक्त गराएन भने २२ गतेको दिनमा हामीले तीनकुनेमा साहदत प्राप्त गर्नुभएका वीर सहीदहरूको रगतले लतपतिएको माटोको टीका लगाएर सामूहिक गिरफ्तारी दिने हो ।’ उनले भने ।

गुरुङले राजसंस्थाको पुनर्स्थापनाका लागि गोरखनाथ र गोरखकालीको अन्तिम पूजा वैशाख १९ गते गर्ने पनि जानकारी दिए ।

Logo