काठमाडौं । नेपालमा पहिलो पटक पुरुष दिवस मनाईएको छ । महिला दिवसमात्र हुने भन्दै बेला बेला आवाज उठिरहेका बेला नेपालमा पहिलो पटक पुरुष दिवस मनाईएको हो । "/>

नेपालमा पहिलो पटक पुरुष दिवस

नेपालमा पहिलो पटक पुरुष दिवस

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालमा पहिलो पटक पुरुष दिवस मनाईएको छ । महिला दिवसमात्र हुने भन्दै बेला बेला आवाज उठिरहेका बेला नेपालमा पहिलो पटक पुरुष दिवस मनाईएको हो । स्वतन्त्र युवाहरुको समूह हामी दाजुभाइको आयोजनामा सोमबार अन्तर्राष्ट्रिय पुरुष दिवस मनाएका हुन् ।

‘सबै पुरुषहरु हिंसालु र बलात्कारी हुँदैनन्’ भन्ने सन्देशका साथ पुरुषहरुलाई असल र आदर्श पुरुष बन्नका लागि उत्प्रेरणा दिन कार्यक्रम गरिएको हो । साथै, बालक तथा किशोरमाथि भइरहेको यौनदुव्र्यवहारका समस्या समाजमा लुकिरहेकोले त्यसलाई उजागर गर्ने उद्देश्यले दिवस मनाइएको कार्यक्रममा संयोजक सन्जोग ठकुरीले जानकारी दिए ।

महिलाको अधिकार संकुचित पार्नका लागि नभइ पुरुषहरुलाई पनि प्रोत्साहित गर्न र बालक तथा किशोरहरुमाथि भइरहेका यौनदुव्र्यवहार न्यूनिकरण गर्न पुरुष दिवस मनाइएको उनको भनाइ छ ।

कार्यक्रममा पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठ प्रमुख अतिथि दिए । कार्यक्रममा उनले एक दिन नारी दिवस र बाँकी ३६४ दिन पुरुष दिवस भन्नु गलत भएको भन्दै नारी र पुरुष सबैका लागि ३६५ दिन नै दिवस भएको बताए ।

 

Skip This
Skip This
Logo