काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले लगातार चौथो जित दर्ता गरेको छ । गएराति भएको खेलमा दिल्लीले रोयल च्यालेन्जर्स बेङ्गलोरलाई उसकै मैदानमा ६ विकेटले हराएको हो ।
बेङ्गलोरले जितका लागि प्रस्तुत गरेको १६४ रनको लक्ष्य दिल्लीले १७ दशलमव ५ ओभरमा चार विकेट गुमाउँदै पूरा गरेको हो । दिल्लीको जितमा केएल राहुलले उत्कृष्ट ब्याटिङ गरे । ५३ बल खेलेका उनले सात चौका र ६ छक्का प्रहार गरेर ९३ रन जोडे । उनी अविजित रहे तर, शतकबाट भने चुके ।
यसैगरी ट्रिस्टन स्टब्स पनि २३ बलमा चार चौका र एक छक्कासहित ३८ रनमा अविजित रहे।
बेङ्गलोरका लागि भुवनेश्वर कुमारले सर्वाधिक २ विकेट लिए ।
त्यसअघि एम चेन्नस्वामी स्टेडियम, बेङ्गलोरमा टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोलीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६३ रन बनाएको थियो । बेङ्गलोरका लागि फिल साल्ट र टिम डेभिडले समान ३७ रन बनाए भने कप्तान रजत पाटीदार २५, विराट कोहली २२, कुर्णाल पाण्ड्या १८ रनमा आउट भए ।
दिल्लीका विपराज निगम र कुलदीप यादवले समान दुई विकेट लिए।
जारी सिजनमा अपराजित रहने दिल्ली मात्रै एकक्लो टोली हो । ४ खेलमा ८ अंक जोडेको दिल्ली तालिकाको दोस्रो स्थानमा छ । एक खेल बढी खेलेको शीर्ष स्थानको गुजरात टाइटन्ससँग अंक बराबरी भएपनि नेटरनरेटले पछि परेको छ। यता बेङ्गलोर भने ५ खेलमा अंकसहित तेस्रो स्थानमा छ ।































प्रतिक्रिया