म्यान्मामा विनाशकारी भूकम्पपछि अहिलेसम्म ११२ वटा परकम्प रेकर्ड

म्यान्मामा विनाशकारी भूकम्पपछि अहिलेसम्म ११२ वटा परकम्प रेकर्ड

केन्द्रबिन्दु
42
Shares

याङ्गुन । म्यान्मामा ७.९ म्याग्निच्युडको विनाशकारी भूकम्पपछि करिब दुई हप्ताको अन्तरालमा ११२ परकम्प गएको रेकर्ड गरिएको छ ।

म्यान्माको मौसम विज्ञान तथा जल विज्ञान विभागका अनुसार चेत १५ पछि चैत २८ (बिहीबार)सम्म म्यान्मामा २.८ देखि ७.५ म्याग्निच्यूडसम्मका ११२ वटा परकम्प गएका हुन् । गत मार्च २८ मा गएको ७.९ म्याग्नीच्यूडको विनाशकारी भूकम्पका कारण तीन हजार ६४५ जनाकोे मृत्यु भएको र पाँच हजारभन्दा व्यक्ति घाइते भएका त्यहाँको सरकारले जनाएको छ ।

राज्य प्रशासन परिषद्को सूचना टोलीले मङ्गलबारसम्म जारी गरेको विज्ञप्तिमा मारिनेको सङ्ख्या तीन हजार ६४५ पुगेको छ भने पाँच हजार १७ जना घाइते भएका छन् भने १४८ जना अझै हराइरहेका छन् । -सिन्ह्वा

Skip This
Skip This
Logo