रौतहट । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा राजा ल्याए बर्वाद हुने भन्दै राजा महाराजाको कुनै काम नभएको बताएका छन ।
उनले जनताभन्दा माथि कोहि नरहेको पनि दाबी गरे ।
रौतहटको गरुडामा बिहिवार पार्टीको नवौं जिल्ला अधिवेशनको उदघाटन गर्दै उनले राजवादीहरुको तिनकुने आन्दोलन हिंस्रक भएको जिकिर गरे ।
उनले राजावादीहरुद्वारा आफनो पार्टी कार्यालय तोडफोड, नागरिकका सम्पत्तीमा आगजनी, मानिस मार्ने, चोरी गर्ने र सार्वजनिक सम्पत्ती जलाउने लगायतका कार्य गरेको उल्लेख गरेका छन् ।
उनले भने,‘चैत्र १५ गते राजावादीहरुले तिनकुनेमा जताततै कार्यालय तोडफोड गरे, पसल चोरी गर्ने काम गरे, आगजनी, मानिस मार्ने काम गरे यसले देश बर्वाद हुनेवाला छ । अव राजा महाराजाको कुनै काम छैन । अव जनता नै सवैथोक हो । हामी सबैको सामु भनिरहेका छौं । हामी जनताको सेवामा लागिरहेका छौ । समाज परिवर्तनमा लागिरहेका छौं ।’
पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले काठमाडौंमै समाजवादी मोर्चाको आमसभा भने शान्तिपूर्ण रूपमा सम्पन्न भएको दाबी गरेका छन् ।































प्रतिक्रिया