अमेरिकाले नेपाली वस्तुमा लगाएको करलाई अवसरको रुपमा लिन सकिन्छः उद्योगमन्त्री भण्डारी

अमेरिकाले नेपाली वस्तुमा लगाएको करलाई अवसरको रुपमा लिन सकिन्छः उद्योगमन्त्री भण्डारी

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । उद्योगमन्त्री दामोदर भण्डारीले नेपाली उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको पहिलो बजार घरेलु बजार भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा इक्यानले आयोजना गरेको ‘एडुक्लेभ ३.०’ कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले नेपाली उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको पहिलो बजार घरेलु बजार भएको बताउँदै उपभोग कार्यविधि २०८१ लाई महत्वकांक्षी ओजनाको रुपमा प्रोत्साहन गर्न मन्त्रालय लागि परेको बताएका हुन् ।

उनले भने, ‘नेपाली उत्पादनको उपभोगलाई सार्वजनिक निकायमा अनिवार्य गर्नुपर्छ । नेपाली उत्पादनलाई अनिवार्य गर्न सकियो भने मात्र नेपाको उद्योग प्रमोसन हुन्छ । अहिलेसम्म हामीले अन्य देशको कपडाहरु प्रयोग गरिरहेका छौं । नेपालका तानले बुनेका कपडाहरुको ब्रान्डिङ गर्न, लेवलिङ गर्न सरकार तयार हुनुपर्छ ।’

नविनतामा आधारित महिला युवाहरुलाई प्राेत्साहित गर्ने कार्यक्रमहरु मन्त्रालयले गर्दै आएको मन्त्री भण्डारीले बताए ।

‘नेपाल अमेरिका टिफा’ फ्रेमवर्कमा एग्रिमेन्ट गरेर नेपालका ११ वटा वस्तुहरु समावेश गरिएको छ । ताकी अहिलेको अमेरिकाको टिफाले नेपालमा जुन ट्याक्स लगाएको छ यसलाई एउटा अवसरको रुपमा पनि लिन सकिने मन्त्री भण्डारीले बताए ।

उनले भने, ‘अमेरिकामा अरु देशका वस्तुहरु जाँदा ट्याक्स महंगो हुन्छ । हामीले १० प्रतिशतको लाभ लिन सकिने धेरै आधार पनि छ । नेपालको वस्तु प्रमोशनका लागि आयात प्रतिष्ठापन निर्यातलाई प्रमोशन गर्न उद्योग मन्त्रालयले ‘एकिकृत व्यापार रणनीति’ ल्याएको छ, जसले समग्र सरकार र नेपाली पुँजी बजारलाई गाइड गर्छ ।’

Skip This
Skip This
Logo