भारतीय कृषिमन्त्री चौहानद्वारा चन्द्रागिरि हिल्सको विशेष भ्रमण

भारतीय कृषिमन्त्री चौहानद्वारा चन्द्रागिरि हिल्सको विशेष भ्रमण

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । भारतीय कृषि तथा किसान कल्याणमन्त्री शिवराजसिंह चौहानले चन्द्रागिरि हिल्सको भ्रमण गरेका छन् ।

मन्त्री चौहान सहित भारतीय राजदूत नवीन श्री वास्तवलगायत विशिष्ट पाहुनाहरूलाई चन्द्रागिरि हिल्स अध्यक्ष हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत अरुण प्रधानले स्वागत गरेका थिए ।

भ्रमणको क्रममा मन्त्री चौहानले पर्यटकहरूका लागी चन्द्रागिरि हिल्स उत्कृष्ट गन्तव्य  बन्न पुगेको भनी प्रशंसा गरे । उनीसहितको भ्रमण टोलीले  हरियालीले ढाकिएका डाँडाकाँडा, चिसो र शान्त मौसम तथा काठमाडौं उपत्यकाको मनोरम दृश्य हेर्दै केबलकार चढ्नु अत्यन्तै स्मरणीय अनुभव भएको बताए ।

भ्रमणका क्रममा मन्त्री चौहानले ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको  चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेव मन्दिरमा  परिवारसहित विशेष पूजा–अर्चना गरे । उनले सो आध्यात्मिक अनुभवलाई शान्तिपूर्ण र जीवन्त स्मृति हुने भनी वर्णन गरे । मनमोहक दृश्य, शान्तिपूर्ण वातावरण तथा धार्मिक महत्त्व बोकेको चन्द्रागिरि हिल्स पर्यटनको एक उत्कृष्ट गन्तव्य रहेको मन्त्री चौहानको भनाइ छ। 

चन्द्रागिरि हिल्स व्यवस्थापनले  भारतका  कृषि तथा किसान कल्याण मन्त्री चौहानको भ्रमणले नेपालको  समग्र पर्यटन  सहित धार्मिक पर्यटन प्रवर्द्धनमा थप सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ ।

Skip This
Skip This
Logo