काठमाडौँमा हावाहुरीसहित भीषण वर्षा, हवाई उडान प्रभावित

काठमाडौँमा हावाहुरीसहित भीषण वर्षा, हवाई उडान प्रभावित

केन्द्रबिन्दु
267
Shares

काठमाडौँ- काठमाडौँमा बिहानैदेखि ठूलो वर्षा सुरु भएको छ। अहिले उपत्यकाभर मेघगर्जन र हावाहुरीसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

चट्याङ र हावाहुरीबाट सचेत हुन महाशाखाले अनुरोध समेत गरेको छ। महाशाखाका अनुसार पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण वर्षा भएको हो। अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव उपत्यकामा देखिएको छ।

हावाहुरी र प्रतिकूल मौसमका कारण आन्तरिक तथा बाह्य उडान प्रभावित बनेका छन्। त्रिभुवन विमानस्थलबाट उडान भरेका केही विमान प्रतिकूलताका कारण फर्किएका छन् भने कुनै विमानले उडान भर्न सकेका छैनन्।

Skip This
Skip This
Logo