काठमाडौँ

संघीय संसद् सञ्चालन हुने नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ । "/>

मर्मतको पर्खाइमा सम्मेलन केन्द्र

मर्मतको पर्खाइमा सम्मेलन केन्द्र

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

संघीय संसद् सञ्चालन हुने नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ । चीन सरकारको एक प्रतिनिधि मण्डलले केन्द्र तत्काल मर्मत गर्नुपर्ने जानकारी एक वर्ष अघि नै नेपाल सरकारलाई गराइसकेको छ । टोलीले मर्मतका लागि केन्द्र तीन वर्षसम्म खाली गरिदिन पनि आग्रह गरेको थियो । तर तत्काल संसद् बैठक अन्यत्र सञ्चालन गर्न नमिलेपछि चिनियाँ टोली फर्किएको छ ।

भवन चीन सरकारको सहयोगमा निर्माण भएको हो । निर्माण अवधि २५ वर्ष पुगेकाले चीन सरकारले आफ्नो मापदण्ड बमोजिम मर्मतसम्भार गर्न चाहेको हो । २०४५ सालमा सुरु भएर २०४९ सालमा निर्माण सम्पन्न यो भवन एक अर्ब रुपैयाँ लागतमा बनेको थियो । चीनले ३० मिलियन डलर (तीन अर्ब ४८ करोड रुपैयाँ) लागतमा भवन मर्मत गरिदिने प्रतिबद्धता गत वर्ष नै गरेको संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।

‘मर्मतका लागि तीन वर्षसम्म संसद् बैठक अन्यत्र राख्न तत्काल कुनै उपाय देखेनौं, त्यसैले मर्मतसम्भार रोकिएको छ’, भट्टराईले भने । २०७२ सालको भूकम्पले केन्द्रको भवन केही ठाउँमा चर्किएको छ । साथै केही ठाउँमा पानी चुहिन थालेको छ ।

२०६४ सालमा तत्कालीन संविधानसभाको बैठक राख्न संसद् सचिवालय र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिबीच सम्झौता भएको थियो । सचिवालयले भाडामा लिएको सम्मेलन केन्द्रमा दोस्रो संविधानसभा तथा रूपान्तरित संसद्को बैठक सञ्चालन भएको थियो ।

अहिले संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक पनि सोही भवनमा सञ्चालन भइरहेका छन् । संसद् सचिवालयले केन्द्रलाई भाडाबापत वार्षिक १५ करोड रुपैयाँ तिर्दै आएको छ । एक सय ७० रोपनी क्षेत्रफल जमिन ओगटेको उक्त भवन अन्तर्राष्ट्रिय सभा सम्मेलन गर्नका लागि निर्माण गरिएको थियो । २०५९ सालमा एघारौं दक्षिण एसियाली सहयोग संगठन (सार्क) शिखर सम्मेलन यसै भवनमा भएको थियो ।
नागरिकबाट

Skip This
Skip This
Logo