क्रिकेट टीमको बन्द प्रशिक्षण दोस्रो दिन पनि जारी

क्रिकेट टीमको बन्द प्रशिक्षण दोस्रो दिन पनि जारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टीमले दोस्रो दिनमा पनि प्रशिक्षण जारी राखेको छ । कोरोना भाइरसका कारण लामो समयदेखि रोकिएको राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षण आज पनि जारी रहेको छ ।

टियुको क्रिकेट मैदानमा भइरहेको बन्द प्रशिक्षणमा २७ जना खेलाडीहरुलाई बोलाइएको छ । कप्तान ज्ञानेन्द्र मल्ल, उपप्तान दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र बसन्त रेग्मीलाई कोरोना पोजेटिभ देखिएकाले उनीहरु मैदान उत्रिएका छैनन् ।

थप ६ खेलाडी कन्ट्याक ट्रेसिङमा परेका कारण आइसोलेसनमा बसेका छन् । दोस्रो दिनको प्रशिक्षणमा रित गौतम पनि छन् । अन्य खेलाडीहरु मैदान फर्किन केही दिन लाग्ने देखिएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण ९ महिनापछि राष्ट्रिय टीमको बन्द प्रशिक्षण शुरु भएको हो ।

Skip This
Skip This
Logo