पूर्वराजा शाहद्वारा नयाँ वर्षको शुभकामना व्यक्त

पूर्वराजा शाहद्वारा नयाँ वर्षको शुभकामना व्यक्त

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख र शान्तिका लागि शुभकामना व्यक्त गरेका छन् ।

नयाँ वर्ष विस २०८२को उपलक्ष्यमा दिएको भिडियो सन्देशमा पूर्वराजा शाहले नेपालीहरु एकआपसबीच द्वन्द्व नहोस् र परस्परमा हिंसाको दुखद मनस्थिति नबनोस् भन्नेमा आफू सधैं सचेत र संवेदनशील रहेको उल्लेख गरेका छन् ।

त्यसैगरी उनले केही दिनअघि तीनकुनेमा भएको हिंसा, आगजनी, तोडफोड तथा प्रदर्शनका क्रममा भएको मानवीय र भौतिक क्षतिको घटनाप्रति दुःख व्यक्त पनि गरेका छन् ।

Logo