‘नयाँ वर्षसँगै लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था सुदृढ हुनेछ’ -गृहमन्त्री लेखक

‘नयाँ वर्षसँगै लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था सुदृढ हुनेछ’ -गृहमन्त्री लेखक

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थालाई थप सुदुढीकरण गर्दै देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि आह्वान गरेका छन् ।

नयाँ वर्ष २०८२ सालको अवसरमा आज स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि एवं प्रगतिको कामनासहित शुभकामना व्यक्त गरेका हुन् ।

उनले सन्देशमा भनेका छन्, “हामी सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थामा र समावेशी चरित्रको राज्य निर्माण गर्ने राजनीतिक व्यवस्थामा छौँ, नयाँ वर्षसँगै यो व्यवस्था अझै सुदृढ हुने छ ।” उनले नेपाल बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, समाज भएको देश भएको उल्लेख गर्दै त्यो नै नेपालीको सम्पत्ति र विशेषता भएको उल्लेख गरेका छन् ।

नेपाली समाज सबै जातजाति धर्म, वर्ण, समुदाय र भूगोल एकआपसमा मिलेर बसेको समाज रहेको स्पष्ट पार्दै उनले एक अर्काकाप्रति सहिष्णु हुँदै सबैले एक अर्काको धर्म, जाती, संस्कृति र भाषालाई सम्मन गर्दै मिलेर देश विकासमा अगाडी बढ्नुपर्नेमा जोड दिए ।

Skip This
Skip This
Logo