ट्रम्पको ‘कुलीनतन्त्रविरुद्ध लड्ने’ स्यान्डर्सको घोषणा

ट्रम्पको ‘कुलीनतन्त्रविरुद्ध लड्ने’ स्यान्डर्सको घोषणा

केन्द्रबिन्दु
129
Shares

लस एन्जलस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर नीतिले अमेरिका लगायत विश्वको अर्थतन्त्रलाई तहसनहस पार्न लागेको भन्दै उनको ‘कुलीनतन्त्रविरुद्ध लड्ने’ ८३ वर्षीय अमेरिकी सिनेटर वर्नी स्यान्डर्सले बताएका छन् ।

ट्रम्पका सबैभन्दा मुखर विरोधीका रूपमा बर्नी स्यान्डर्सले ट्रम्पको विरोधमा दशौं हजार मानिसलाई सम्बोधन गर्दै भने, “हामी अब अमेरिकी ‘कुलीनतन्त्रविरुद्ध लड्नुको’ विकल्प छैन ।”

स्यान्डर्स र डेमोक्र्याट प्रतिनिधि अलेक्जेन्ड्रिया ओकासियो–कोर्टेजको भाषणअघि शनिबार लस एन्जलसस्थित ग्लोरिया मोलिना ग्रान्ड पार्कमा राजनीतिज्ञ, सङ्घका प्रतिनिधि र साङ्गीतिक कार्यक्रमसहित अतिथिहरू मञ्चमा उपस्थित देखिएका थिए ।

स्यान्डर्सले उत्साहित भीडलाई भने, “हजारौँको सङ्ख्यामा यहाँ भएको तपाईंको उपस्थितिले डोनाल्ड ट्रम्प र एलन मस्कलाई धेरै चिन्तित बनाइरहेको छ।”

डेमोक्र्याटिक पार्टीको सदस्य कहिल्यै नरहेका स्वघोषित समाजवादी नेताले विगत दुई महिनादेखि ‘कुलीनतन्त्रविरुद्ध लड्ने’ आफ्नो राष्ट्रव्यापी यात्रामा भीडलाई आकर्षित गर्दै आएका छन् । उनको प्रगतिशील, बामपन्थी बयानबाजी ट्रम्पको नीतिको विरोध गर्ने र स्थापित डेमोक्र्याटहरूको ट्रम्पविरुद्धको राजनीतिक प्रतिरोधको अभावमा निराश भएकाहरूको आवाजलाई प्रतिध्वनित गरेको छ।

अमेरिकी ‘फल्क रक’ का नील यङले शनिबार लसएन्जलसको भीडलाई साङ्गितक सम्बोधन गर्दै इलेक्ट्रिक गितार बजाएर ‘टेक अमेरिका ब्याक! को नारा लगाएका थिए ।

नारीवादी गायिका तथा गीतकार म्यागी रोजर्सले क्यालिफोर्नियाको मरुभूमिमा आयोजना हुने विशाल कोचेला सङ्गीत महोत्सवलाई सङ्केत गर्दै यस कार्यक्रमलाई ‘बर्नीचेला’ भनिन् ।

दक्षिण अफ्रिकी अर्बपतिलाई ट्रम्पले नाटकीय रूपमा सरकारी खर्च घटाउने जिम्मा दिएका छन्, जसलाई स्यान्डर्सका समर्थकहरूले राजनीतिमा सम्पत्तिको भ्रष्ट प्रभावको प्रतीक मान्छन् ।

Skip This
Skip This
Logo