काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सले लखनउ सुपर जायन्ट्समाथि सहज जित दर्ता गरेको छ । गएराति भएको खेलमा चेन्नईले लखनउलाई उसकै मैदानमा ५ विकेटले हराएको हो ।
यो जितसँगै चेन्नईले लगातार ५ खेलको हारको शृंखलालाई पूर्णविराम लगाएको छ ।
लखनउले दिएको १६७ रनको लक्ष्य चेन्नईले १९ ओभर तीन बलमा पाँच विकेट गुमाउँदै पूरा गरेको हो । चेन्नईका लागि शिवम दुवे र महेन्द्रसिंह धोनी चम्किए । दुबेले ३७ बलमा ३ चौका र २ छक्कासहित ४३ रन र धोनीले ११ बलमा ४ चौका र १ छक्कासहित २६ रन बनाए । उनीहरुले छैटौं विकेटमा ५७ रनको अविजित साझेदारी गरेकाा थिए ।
बलिङमा लखनउका रवि बिश्नोईले दुई विकेट लिए।
त्यसअघि अटल बिहारी क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको लखनउले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६६ रन जोडेको थियो। लखनउका लागि कप्तान ऋषभ पन्तले सर्वाधिक ६३ रन बनाए। यसैगरी ओपनर मिचेल मार्सले २ चौका र २ छक्कामा ३०, आयुष बदोनीले २२ र अब्दुल समदले २० रन बनाए ।
बलिङमा चेन्नईका रवीन्द्र जडेजा र मथिशा पाथिरानाले समान दुई विकेट लिए।
यो हारका बाबजुत पनि ७ खेलमा ४ जितसहित लखनउ ८ अंक लिएर चौथो स्थानमा यथावत् छ । चेन्नई भने समान खेलबाट चार अङ्कसहित पुछारमै छ ।





























प्रतिक्रिया