विश्वकप एसिया छनोटः नेपालले आज हङकङको सामना गर्दै

विश्वकप एसिया छनोटः नेपालले आज हङकङको सामना गर्दै

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । नेपालले आज आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगिता अन्तर्गत हङकङको सामना गर्दैछ । खेल तल्लो मुलपानी क्रिकेट मैदानमा साढे ९‌ बजेदेखि सुरु हुने छ ।

प्रतियोगितामा नेपाल लगातार तेस्रो जित दर्ता गर्दै एसिया छनोटमा बलियो दाबेदारी दिने तयारीमा छ । नेपालले यसअघि युएईलाई डिएल मेथड अनुसार ५ रनले पराजित गरेको थियो भने ओमानलाई ८ विकेटले पराजित गरेको थियो ।

एशिया छनोटको विजेताले सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आइसिसी यू-१९ विश्वकपमा छनोट हुनेछ । यो एकदिवसीय फर्म्याटको विश्वकप हो ।

Skip This
Skip This
Logo