आफैंले उद्घाटन गरेको सैलुनमा हेटौंडाकी मेयरले एसी जोड् तोकआदेश दिएपछि…

आफैंले उद्घाटन गरेको सैलुनमा हेटौंडाकी मेयरले एसी जोड् तोकआदेश दिएपछि…

केन्द्रबिन्दु
162
Shares

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले एक सैलुनलाई एसी र इन्भर्टर सहयोग गर्ने तोकआदेश दिएकी छन् ।

आफैंले उद्घाटन गरेको हेटौंडा–४, शितलमहल चोकस्थित दी नाइन्टिन सैलुनलाई यसरी तोक आदेश नै दिएपछि लामाको चौतर्फी विरोध भइरहेको छ । सैलुनका सञ्चालक सुसन घलान मेयर लामाको आफन्त नाता पर्नेसमेत बताइएको छ ।

उपमहानगरमा दर्ता भएको माग पत्रमा लेखिएको छ, ‘उद्घाटन कार्यक्रममा तपाईंले भन्नुभएको ‘सैलुनमा गर्मी धेरै छ, म एसी जडानको लागि सहयोग गर्छु’ भन्ने कुरा सम्झेर, यो औपचारिक निवेदन लिएर उपस्थित भएको छु।’

Skip This
Skip This
Logo