तस्बिरः धर्नामा बसेकी महिलाअधिकारकर्मी शारदा चन्दको फेसबुकबाट

कञ्चनपुर । छोरीको हत्यारालाई कारवाहीको माग गर्दै गत आइतबारदेखि अनिश्चितकालीन धर्नामा बसेका निर्मला पन्तका बुवाआमाको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । "/>

धर्नामा बसेका निर्मलाका बुवाआमाको स्वास्थ्य अवस्था बिग्रँदै

धर्नामा बसेका निर्मलाका बुवाआमाको स्वास्थ्य अवस्था बिग्रँदै

केन्द्रबिन्दु
0
Shares

तस्बिरः धर्नामा बसेकी महिलाअधिकारकर्मी शारदा चन्दको फेसबुकबाट

कञ्चनपुर । छोरीको हत्यारालाई कारवाहीको माग गर्दै गत आइतबारदेखि अनिश्चितकालीन धर्नामा बसेका निर्मला पन्तका बुवाआमाको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । छोरीको हत्यारालाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसेका उनीहरुमा चिसोका कारण रुघाखोकी तथा ज्वरो आउनेजस्ता समस्या देखिएको छ ।

कमजोरीका कारण निर्मलाका बुवाको स्वास्थ्य अवस्था एकदमै बिग्रिएको महाकाली अञ्चल अस्पतालका चिकित्सक डा. किशोर बोहराले जानकारी दिए । उनले निर्मलाका बुबाआमाको रक्तचाप घटेको र दिसा–पिसाब परीक्षणका लागि प्रयोगशालामा पठाइएको बताए ।

निर्मलाको बुबाआमाको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि कन्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी र प्रहरी प्रमुख एसपी कुबेर कडायतले बिहीबार धर्नास्थलमा पुगेर स्वास्थ्यकर्मीसित स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

गत साउन १० गते साथीको घर पढ्न गएकी भीमदत्त नगरपालिका–२, खोल्टीकी १३ वर्षीया बालिका निर्मला दोस्रो दिन स्थानीय उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् । शव परीक्षणकाक्रममा उनको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो । उनको हत्या गरिएको साढे ३ महिना वितिसक्दा पनि हत्यारा पक्राउ पर्न सकेका छैनन् ।

 

 

 

Skip This
Skip This
Logo