कार्लोस शुक्रबार नेपाल नआउने

कार्लोस शुक्रबार नेपाल नआउने

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । फुटबलका महान हस्तीहरूमध्ये एक रोबर्टो कार्लोसको नेपाल भ्रमण सरेको छ । नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणका लागि पूर्व निर्धारित समयमा शुक्रबार कार्लोस नआउने भएका हुन् ।

लिगका दुई बलिया टोलीहरू ललितपुर सिटी फुटबल क्लब र धनगढी फुटबल क्लबबीच हुने भिडन्त हेर्न उनी नेपाल आउने कार्यतालिका थियो । तर, अनपेक्षित परिस्थिति र अचानक बिरामी परेका कारण उनी आउन नसकेको बताइएको छ । यद्यपि एनएसएलको फाइनल अघि कार्लोस नेपाल आउने आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट्सले दाबी गरेको छ।

Skip This
Skip This
Logo