File Photo
काठमाडौं । प्रहरीलाई घुस दिन खोज्ने सवारी चालक र सहचालक प्रहरी नियन्त्रणमा परेका छन् । कागजात माग्दा कागजात नदेखाई एक हजार रुपैयाँ घुस दिएको भन्दै चालक र सहचालकलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होमिन्द्र बोगटीले जानकारी दिए।
बुधबार दिउँसो बुद्धनगर युएन पार्क नजिकैबाट सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा ९ घर भएका बा २ ख ८१२९ नम्बरको निशान गाडीका चालक २१ वर्षीय जितबहादुर तामाङ र सहचालक १९ वर्षीय सुजन घलेलाई नियन्त्रणमा लिइएको डिएसपी बोगटीको भनाई छ ।
उनीहरुले डिउटीमा खटिएका प्रहरीले सवारी चेक गर्ने कागजातहरु माग गर्दा कागजपत्र नदेखाई प्रहरीलाई एक हजार घुस दिन खोजेको आरोप छ ।































प्रतिक्रिया