काठमाडौं । तीनकुने घटनामा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्रीसमेत रहेका सांसद धवल शम्शेर जबरालाई हिरासतबाट छाड्ने तयारी भएको छ ।
क्यान्सरबाट पीडित राणालाई सरकारले उपचार गर्न नदिएको आरोप लागिरहँदा हिरासतबाट छाड्ने तयारी भइरहेको पाइएको हो । उनले स्वास्थ्य उपचारका लागि हिरासत मुक्त गरिदिन आग्रह गर्दै आएका थिए। राणा करिब तीन महिना भारतका विभिन्न अस्पतालमा क्यान्सरको उपचार गरेर गत पुसमा स्वदेश फर्किएका थिए। अब फेरि उनी थप उपचारका लागि भारत जाने तयारीमा लागेका हुन् ।
गत चैत १५ गते राजसंस्था पुनर्स्थापनाका लागि दुर्गा प्रसाईंको आह्वानमा तीनकुनेमा भएको प्रदर्शनमा सहभागी भएका सांसद जबरालाई त्यस दिन राति नै पक्राउ गरिएको थियो । उक्त घटनामा २ जनाको ज्यान जानुका साथै करोडौंको क्षति भएको थियो । राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पनि हिरासतमै छन् ।































प्रतिक्रिया