काठमाडौं । एनसेलका ग्राहकहरूले एनसेल एपमार्फत अब प्रत्येक रु १०० र सो भन्दा माथिको अनलाइन ब्यालेन्स रिचार्ज गर्दा बोनस डेटा पाउने भएका छन् ।
यस याेजनाअनुसार एनसेल एपमार्फत रु. १०० देखि रु. २०० सम्मको अनलाइन रिचार्ज गर्दा ग्राहकहरूले १ दिनको लागि २०० एमबी बोनस डेटा प्राप्त गर्न सक्छन् । यस्तै, रु. २०० वा सोभन्दा माथिको अनलाइन रिचार्ज गर्दा ३ दिनको लागि मान्य रहने ५०० एमबी बोनस डेटा पाइन्छ । स्क्र्याच कार्ड प्रयोग गरेर गरिएको रिचार्जमा डेटा बोनस लागू हुँदैन ।
यो बोनस अफरले ग्राहकहरूलाई डिजिटल माध्यम अपनाउन प्रोत्साहित गर्नुका साथै बोनस डेटाको फाइदा दिने कम्पनीकाे भनाइ छ । यसका साथै ग्राहकहरुले एनसेल एपमार्फत एपमा उपलब्ध विविध सेवा, सुविधाहरू उपयोग गरि त्यसको फाइदा लिन सक्छन् ।
ग्राहकमैत्री यो एपले प्रयोगकर्ताहरूलाई दुई क्लिकमै विभिन्न सेवा उपयोग गर्न सक्षम बनाउँछ, जसले गर्दा यो एक नभई नहुने सेल्फ केयर टुलको रूपमा स्थापित भएको छ ।
एनसेल एपमार्फत प्रयोगकर्ताहरूले सजिलै डेटा वा भ्वाइस प्याक, सधैं अन प्याकहरु, सधैं अन रिन्यूअल प्याकहरु लिन, अन लाइन रिचार्ज गर्न सक्छन्, आफ्नो सेवा प्रयोगको विवरण हेर्न सक्छन्, डेटालाई भ्वाइसमा वा भ्वाइसलाई डेटामा परिवर्तन गर्न सक्छन् । साथै ग्राहकले प्याकहरु उपहारको रूपमा पठाउन सक्छन्, र अरू धेरै सुविधाहरू उपयोग गर्न सक्नेछन् ।
एनसेलका ग्राहकहरूले एनसेल एप गुगल प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी यी विभिन्न सुविधाहरूको लाभ लिन सक्ने कम्पनीले जनाएकाे छ ।































प्रतिक्रिया