काठमाडौँ
मुद्दा मिलाइदिने भन्दै घुसमा टेलिभिजन सेट माग्ने प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामकुमार राई विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ । महानगरीय प्रहरी वृत्त बौद्धका तत्कालिन प्रमुख डिएसपी राई विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार भ्रष्टाचार निवारण ऐन अन्तर्गत मुद्दा दायर गरेको हो ।
राईले सेवाग्राहीसँग सोनी कम्पनीको टेलिभिजन खरिद गरी ल्याइदिनु भन्दै जिन्सी साम्रगीको रुपमा घुस माग्दा अख्तियारले १ लाख ४० हजार रुपैयाँ नगद सहित एक महिना अघि नियन्त्रणमा लिएको थियो ।
राईले टिभी सेट आफै खरिद गरेर ल्याउने र पैसा सेवाग्राहीबाट तिर्न लगाउने गरेका थिए । यसै सिलसिलामा एक सेवाग्राहीबाट टिभीको पैसा तिर्न लिएको घुस रकम सहित उनी अख्तियारको फन्दामा परेका थिए ।
नागरिकबाट





























प्रतिक्रिया