नेपाल प्रहरीद्वारा कार्यालय सहयोगीका लागि १४५ कर्मचारीको माग

नेपाल प्रहरीद्वारा कार्यालय सहयोगीका लागि १४५ कर्मचारीको माग

केन्द्रबिन्दु
102
Shares

काठमाडौं । नेपाल प्रहरीले आफ्ना कार्यालयहरूका लागि एक सय ४५ जना कर्मचारी माग गरेको छ । प्रहरी प्रधान कार्यालयले कार्यालय सहयोगी (भान्छे र कुचीकार) पदमा पदपूर्तिका लागि शुक्रबार विज्ञापन आह्वान गरेको हो।

प्रहरी प्रधान कार्यालय अन्तर्गतको भर्ना छनोट शाखाले सूचना जारी गर्दै खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न लागिएको जनाएको छ। सूचनामा यसअघि गत मंसिर २१ गते प्रकाशित विज्ञापनमा माग पद संख्या थप गरिएको उल्लेख छ।

नेपाल प्रहरीले भान्छे पदका लागि एक सय १७ जना र कुचिकार पदका लागि २८ जना गरी कुल १४५ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको हो। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले तोकिएको प्रक्रिया अनुसार आवेदन दिन सक्नेछन्।

Skip This
Skip This
Logo