काठमाडौँ
राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड भ्रमणमा जाने भएकी छिन् । पोल्याण्डको कातोभिचमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन पाँच दिवसीय भ्रमणका लागि मंसिर १५ गते त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । सम्मेलन मंसिर १७ देखि २८ गतेसम्म चल्नेछ ।
जलवायु परिवर्तनका प्रतिकूल असरविरुद्ध लड्न र जलवायु अनुकूलनका निम्ति सहायता जुटाउन राष्ट्राध्यक्षबाट हुने भ्रमण फलदायी हुने मन्त्री ज्ञवालीले विश्वास व्यक्त गरे । सन् २०३० मा अल्पविकसित देशको सूचीबाट स्तरोन्नति गर्न भारी रकमको आवश्यकता पर्ने भएकाले त्यस्तो सहायता जुटाउन पनि राष्ट्रपतिको आसन्न भ्रमण सहयोगी हुने उनको भनाई छ ।
नागरिकबाट





























प्रतिक्रिया