देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ। यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ। हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
५ महिना बित्दा पनि सम्पत्ती विवरण नबुझाएका ४ मन्त्री
मन्त्री पद सम्हालेको ५ महिना वित्दा पनि ४ जना मन्त्रीले अझै सम्पत्ती विवरण बुझाएका छैनन् । सम्पत्ती विवरण नबुझाउनेमा एक जना उपप्रधानमन्त्री समेत रहेका छन् । उपप्रधानमन्त्री समेत रहेका जनसंख्या तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले समेत सम्पत्ती विवरण बुझाएका छैनन् । संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका यादवले गत जेठ १८ गते मन्त्रीको पद सम्हालेका थिए ।
गत असारमा लिईएको अस्थायी शिक्षकको नतिजा कहिले प्रकाशित गर्ने भन्ने बारे अझै टुंगो लाग्न सकेको छैन् । खुल्ला र आन्तरिक तर्फका प्रतिस्पर्धीको एकैसाथ लिइएको परिक्षा कारणले गर्दा अस्थायी शिक्षक सेवाको परिक्षाफल कहिले प्रकाशन गर्ने भन्ने बारेमा अन्योलता छाएको हो । नतिजा प्रकाशनको तयारी भईरहेपनि कहिले प्रकाशन गर्ने भन्ने मिति भने निश्चित भई नसकेको शिक्षक सेवा आयोगका प्रकाकीय प्रमुख डा. तुलसी प्रसाद थपलियाले जानकारी दिए । आयोगले दशै अगाडि नै अस्थायी शिक्षकको नतिजा प्रकाशन गर्ने बताउँदैं आएको थियो । तर असोजमा लिईएको स्थायी शिक्षकको परीक्षाका कारण त्यो पनि सरेको थियो ।
‘पार्टीको निर्णयमा कुनै प्रतिक्रिया छैन्’- सोडारी
प्रदेश सरकार र पार्टी दुवैतिर कारवाहीमा परेका दीर्घराज सोडारीले पार्टी निर्णय मान्ने बताएका छन् । आचरण विपरित कार्य गरेको भन्दै पार्टी र मन्त्रीबाट हटाईएका कैलाली जिल्ला अध्यक्ष समेत रहेका सोडारीले पार्टीले गरेको निर्णय मान्ने प्रतिक्रिया दिएका हुन् । आफूलाई अध्यक्ष तथा प्रधानमन्त्री ओलीकै निर्देशनमा कारवाही गरिएको भन्दै पार्टीले गरेको निर्णय मान्य हुने बताएका हुन् ।
ललितपुर विश्वका कलात्मक सहरहरुको सूचीमा समाबेश
नेपालको ललितपुर शहर विश्वको कलात्मक सहर (वर्ल्ड क्राफ्ट सिटी)को सूचीमा समाबेश भएको छ । वर्ल्ड क्राफ्ट काउन्सिलले विश्वका कलात्मक सहरको सूचिमा ललितपूरलाई पनि राखेको हो ।
सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत सरकारी संस्थालाई दिइने ‘डिजिटल गभर्नमेन्ट अवार्ड’ नेपाल प्रहरीले प्राप्त गरेको छ । जापानस्थित एशियन–ओसिएनियन कम्युटिङ इन्डष्ट्री अर्गनाइजेसनद्वारा प्रदान गरिने ‘एशोसिओ डिजिटल गभर्नमेन्ट अवार्ड–२०१८’ प्राप्त गरेको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका सदस्य देशबहादुर तामाङमाथि खुकुरी र बियरको बोतल प्रहार भएको छ । आक्रमणमा परी तामाङ गम्भीर घाइते भएका छन् ।सोमबार मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीमा तामाङमाथि आक्रमण भएको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका उपप्रमुख बालकुमारी सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । अराजक तत्वको जमातले तामाङमाथि आक्रमण गरी घाइते बनाएको भन्दै जनप्रतिनिधिमाथिको हमलाको समितिले निन्दासमेत गरेको छ । विज्ञप्तिमार्फत दोषीलाई अविलम्ब पक्राउ गरी कडा कानूनी कारवाहीको माग गरिएको छ ।
चीनले विश्वकै पहिलो अन्डर ग्राउन्ड होटल बनाएको छ । संघार्इमा निर्माण भएको विश्वकै पहिलो अन्डर ग्राउन्ड होटेल यसै महिनाबाट संचालनमा आउने भएको छ। जमिनको सतहभन्दा ८० मिटर तलसम्म बनेको उक्त पाँच तारे होटलको उद्घाटन २० नोभेम्बरमा हुने चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मनकारी बालिका जसले जन्मदिनको खर्च मृगौलापीडितलाई दिए
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।































प्रतिक्रिया