एमालेले दियो यातायातमन्त्रीलाई २५ बुँदे सुझाव

एमालेले दियो यातायातमन्त्रीलाई २५ बुँदे सुझाव

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । नेकपा एमालेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटमा समावेश गर्ने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई २५ बुँदे सुझाव दिएको छ ।

शनिबार पार्टी कार्यालय च्यासलमा पार्टीको भौतिक पूर्वाधार तथा यातायात विभागले गरेको कार्यक्रममा विभागीय प्रमुख गोकर्ण विष्टले सरकारको कामलाई प्रभावकारी बनाउन पार्टीको तर्फबाट सुझाव दिइएको बताए । एमालेले सडक विभाग, यातायात व्यवस्था विभाग, रेल विभाग तथा पानी जहाज कार्यालयसँग सम्वन्धित विभिन्न विषयहरु समेटेर लिखित सुझाव दिएको हो ।

योजना तथा कार्यक्रमहरुलाई नागरिक सम्म प्रभावकारी रुपमा पुर्याउन सरकारको नीति था कार्यक्रम एवम् बजेटमा समावेश गर्नु पर्ने विषयहरु प्राथमिकताका साथ समेटेर सुझाव दिइएको विष्टले बताए । राष्ट्रिय गौरवका तथा राष्ट्रिय महत्वका आयोजनाहरु, विकट तथा दुर्गम क्षेत्र, रणनीतिक महत्वका योजना, आर्थिक विकास र रोजगारी सिर्जनाहरु योजना लगायतलाई नीति कार्यक्रम तथा बजेटमा समावेश गर्न एमालेको सुझाव छ ।

कार्यक्रममा एमालेका पोलिटव्युरो सदस्य समेत रहेका मन्त्री दाहालले पार्टीले अल्पकालिन तथा दीर्घकालिन आवश्यकताहरुलाई संवोधन हुने गरि महत्वपूर्ण सुझाव दिएको बताए । आगामी वर्षको बजेटमा निर्माणाधिन तथा अधुरा योजनाहरु पूरा गराउन प्राथमिकता दिइने उनले उल्लेख गरे ।

सडक सञ्जाल नपुगेका ठाउँमा सडक सञ्जाल पुर्याउने, आफ्नै देशको एक भागबाट अर्को भागमा पुग्न अरु देशको बाटो प्रयोग गर्नु पर्ने बाध्यता हटाउने, उत्पादन वृद्धी र रोजगारी सिर्जनामा सहयोग पुग्ने, राजश्व संकलन तथा वैदेशिक व्यापारलाई सहज गराउने लगायतका क्षेत्रमा बजेटले प्राथमिकता पाउने उनको भनाई थियो ।

समुद्रमा नेपाली पानी जहाजको पहुँच स्थापित गर्न अन्तर्राष्ट्रिय सन्धि तथा कानूनहरुको अध्ययन भइरहेको, सार्वजनिक यातायातलाई व्यवस्थित पार्न प्रविधियुक्त बनाउने काम भइरहेको, रुग्ण आयोजनाहरुको पहिचान गरि समस्या समाधान तथा रेल मार्ग विस्तार र निर्माणमा देखिएका समस्या निराकरण तर्फ मन्त्रालयले ध्यान दिएको मन्त्री दाहालले बताए

Skip This
Skip This
Logo