चलचित्र ‘प्रेम लीला’ को नयाँ गीत सार्वजनिक गरिएको छ । प्रेम कथानक नेपाली चलत्रित्र ‘प्रेम लीला’मा समावेश हिन्दी गीत ‘जाने क्या हुवा ए’ बोलको गीत सार्वजनिक भएको हो ।
यस गीतमा दीपशिखा र अलि खानलाई फिचरिङ गरिएको छ । राजा हसन र सौमी शैलेसको स्वर रहेको म्युजिक भिडियोमा रविराज शाहले संगीत भरेका छन् भने डाक्टर सागरको शब्द रहेको छ । पवन गौतमको छायांकन रहेको चलचित्रमा नायिका दिपशिखा र भारतीय मोडल अलि खानको मुख्य भूमिका रहेको छ ।
साथै यस म्युजिक भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । जनक पाण्डेले निर्देशित यस चलचित्र माघ २५ गतेबाट देशभर प्रर्दशन हुँदैछ ।































प्रतिक्रिया