काठमाडौं । ग्लोबल आइएमई बैंकको नाफा ३७.१२ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दा बैंकले खुद नाफा उक्त प्रतिशतले बढ्दा ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ कमाएको हो ।
गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३० करोड रुपैयाँ खुद नाफा गरेको थियो ।
बैंकको नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ३.६६ रुपैयाँ बढेर १५.८६ रुपैयाँ पुगेको छ । मूल्य आम्दानी अनुपात १३.७९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७३.४७ रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको खराब कर्जा ४.९८ प्रतिशत पुगेको छ । गत वर्षको फागुनमा बैंकको खराब कर्जा ४.७४ प्रतिशत थियो ।
बैंकको खुद ब्याज आम्दानी ५.४६ प्रतिशत घटेर १२ अर्ब ३१ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्ष ९ महिनामा बैंकले १३ अर्ब २ करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चैत मसान्तसम्ममा बैंकको खुद फि तथा कमिशन आम्दानी १७.३० प्रतिशत बढेर २ अर्ब ३१ करोड १८ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ रहेको छ । ९ महिनासम्म बैंकको चुक्ता पुँजी ५.५० प्रतिशत बढेर ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ पुगेको छ । यसैगरी जगेडा कोष १०.७७ प्रतिशत बढेर २८ अर्ब २० लाख रुपैयाँ रहेको छ ।
चालु आवको ९ महिना सम्ममा बैंकको निक्षेप संकलन ६.२० प्रतिशत बढेर ५ खर्ब १७ अर्ब ६६ करोड ८८ लाख रुपैयाँ र कर्जा लगानी ११.८७ प्रतिशत बढेर ४ खर्ब १३ अर्ब २८ करोड ६४ लाख रुपैयाँ पुगेको छ ।
यस्तै, सञ्चालन नाफा ३४.४१ प्रतिशत बढेर ६ अर्ब ३३ करोड ६६ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ०.६१ प्रतिशत घटेर १५ अर्ब ५३ करोड ९८ लाख रुपैयाँ रहेको पनि बैंकको वित्तीय विवरणले देखाएको छ ।





























प्रतिक्रिया