जनताका कुरा सुनाउन निषेधित क्षेत्र गएका हौंः अध्यक्ष राजेन्द्र लिङ्देन

जनताका कुरा सुनाउन निषेधित क्षेत्र गएका हौंः अध्यक्ष राजेन्द्र लिङ्देन

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार जनताबाट झन्–झन् टाढा हुँदै गएका कारण नजिकै गएर जनताका कुरा सुनाउने उद्देश्यले निषेधित क्षेत्रमा प्रवेश गरेको बताएका छन् ।

आइतबार सिंहरबारमा गरेको प्रदर्शनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले सरकार नागरिकको बोल्न, लेख्न र प्रदर्शन गर्न पाउने अधिकारलाई खुम्च्याउँदै लगेको बताएका हुन् ।

उनले भने, ‘सरकारले मानिसको बोल्न पाउने, लेख्न पाउने प्रदर्शन गर्न पाउने अधिकारलाई खुम्च्याउँदै लगेको छ । जनताबाट सरकार झन झन टाढा हुँदै जाने अवस्था सृजना भएको छ । त्यसैले सरकारको नजिकै गएर प्रदर्शन गरेर सुनाउन भनेर निषेधित क्षेत्रमा कार्यक्रम गरेको हौं । सरकारले सुन्नुपर्छ । प्रदर्शनमार्फत देश दुनियाँले सुन्छ, नागरिकअधिकारवादी संघ संस्थाहरुले सुन्छ ।’

त्यस्तै उनले लोकतन्त्र र गणतन्त्रको नाममा निरङ्कुशता भएको टिप्पणी गरे ।

त्यसैगरी सांसद ज्ञानेन्द शाहीले ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो’ लेखेको अध्यक्ष लिङ्देनको तस्विरसहितको टोपी लगाएर प्रदर्शन जनाइरहेका थिए ।

पत्रकारहरुले टोपी कहिले खोल्नुहुन्छ भन्दै प्रश्न गरेपछि अध्यक्ष लिङ्देनले भने,‘पहिला भ्रष्टाचार गर्न छाडुन् अनि टोपी फुकालौला । भ्रष्टाचार गरेर खानेहरुको लागि यो विषको रुपमा प्रयोग गरिएको हो ।’

Logo