सरकार लामो समयदेखि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिलाई लिएर राजनीतिक दलका साथै विज्ञहरूसँग छलफल गरिरहेको छ । यद्यपि राजनीतिक असमझदारी, सिफारिस समितिको गठनमा ढिलाइ र नेताहरूले आ–आफ्ना उम्मेदवारको पक्षमा दबाब दिनाले गभर्नर चुन्ने विषयलाई लिएर अनेकौं टीकाटिप्पणी भइरहेका छन् ।
यसले गर्दा गभर्नर पक्का भएका हल्ला र योग्यता लगायतका यावत् विषयलाई आम नागरिकले चासोको रूपमा हेरेका छन् । गभर्नर नीति निर्माता पनि हो । मौद्रिक कारोबारको विषयमा जानकार, विज्ञ र अर्थतन्त्रलाई बुझेको मान्छे गभर्नर हुनुपर्छ भन्ने मेरो मान्यता हो ।
गभर्नर उक्त व्यक्ति बनेपछि आर्थिक क्षेत्रमा क्रान्ति ल्याओस्, बैंकिङ सिस्टमलाई थप मजबुत बनाई हरेक क्षेत्रलाई सहजीकरण गर्नसक्ने अबको गभर्नरको आवश्यकता महसुस गर्न सकिन्छ । तर, राजनीतिक चपेटमा परको गभर्नर पद अहिले टिका लगाएर दक्षिणा स्वरुप दिने पद भएको छ । बैंकबाट मान्छे लोन लिन मानिरहेका छैनन्, सडक आन्दोलन एकपछि अर्को जारी छ ।
राजनीतिक पार्टीको ढोका नचहार्ने वा महिला भएकै कारणले सक्षम महिलालाई गभर्नर नबनाउने हो भने त्यो असहनीय पनि हुनसक्छ ।
यसले आम नागरिकमा असन्तुष्टि बढाएकाे झल्काउँछ । आज देशको कुनै पनि क्षेत्र सुरक्षित छैन । आ–आफ्ना क्षेत्रका आ–आफ्ना समस्यालाई लिएर हिँडि राख्नुपरेको अवस्थामा गभर्नर चाहिँ योग्य पाउनु पर्छ भन्ने मलाई लाग्छ ।
बैंक डुबाएर बसेको मान्छे, योग्यता नपुगेर बसेका मान्छे गभर्नर पदका उम्मेदवार बनि उनीहरूलाई देशको एउटा नेतृत्व दिनु कत्तिको उचित हुन्छ । त्यो सोच्नु पर्छ । जे होस् अहिले राष्ट्र बैंकको गभर्नर राष्ट्र बैंकबाटै हुनुपर्छ भनेर कुराहरू आइरहेका छन् । बैंकिङ क्षेत्रमा काम गरिराखेको र राष्ट्र बैंक बुझेको मान्छे आउनु पर्छ भन्ने विषय सकारात्मक छ ।
यद्यपि लामो समयदेखि काम गरेको र सिनियरलाई गभर्नरको जिम्मेवारी सुम्पिनु पर्छ । जसको लागि म योग्य सिनियर डेडेपुटी गभर्नर नीलम ढुंगाना देख्छु । हालकी कार्यवाहक गभर्नर उहाँलाई यसको जिम्मेवारी दिँदा पदले पनि न्याय पाउँछ जस्तो मलाई लाग्छ । महिला भएकै कारण उहाँलाई वञ्चित हुनु नपराेस् भन्ने कुरा हो ।
किनभने राष्ट्र बैंकमा पुरानो, अग्रज र अनुभवका हिसाबले पनि उहाँ निकै अब्बल अहिलेको अवस्थामा देखिन्नुहुन्छ । व्यक्तिगत रूपमा उहाँको र मेरो चिनजान छैन । तर, निमित्त गभर्नर भइसकेको महिलाले गभर्नर पाउनु पर्छ भन्ने मेरो भनाई हो ।
राजनीतिक भागबन्डामा नपर्ने भनेर गभर्नर हुन महिलालाई रोक्नु भएन । राजनीतिक पार्टीको ढोका नचाल्ने वा महिला भएकै कारणले सक्षम महिलालाई गभर्नर नबनाउने हो भने त्यो असहनीय पनि हुनसक्छ । सरकारमा आज जो छ उसको मान्छेलाई पद दिने, क्षमता पुगेन भने नीति नै संशोधन गर्दा देशको भविष्य के हुन्छ ?
त्यसैले, टिका लगाएर पद दिने प्रवृद्धि अन्त्यको आवश्यकता छ । अर्थमन्त्रीदेखि आर्थिक गतिविधि सञ्चालन हुने सबै क्षेत्रमा आफ्ना गोजीका मान्छे राख्ने गर्नु हुँदैन । प्रधानमन्त्री वा मन्त्री भइसकेपछि राज्यको सुरक्षादेखि विकाससम्म उहाँहरूको हातमा हुन्छ । तर, पनि देशको विकास, अर्थतन्त्रलाई बुझेको मान्छे कुनै ठाउँले पाउन सकेन ।
सरकारले आफ्ना मान्छे भर्ती गर्नाले पनि समस्याहरू थुप्रै सिर्जना भएको देखिन्छन् । ब्याजदर घटे पनि लोन लान मान्दैनन् । सेयर बजार अपेक्षाकृत बढ्न सकेको छैन । बैंकलाई आर्थिक गतिविधि सम्पूर्ण अधिकार राष्ट्र बैंकले दिएको छ । तर, अडिट फाइनल राष्ट्र बैंकबाट गरेर बोनस कसले कति दिन्छ अगावै थाहा पाएर वा सूचना चुहावटको असर सेयर बजारमा देखिन्छ ।
गभर्नर कांग्रेस, एमाले, व्यवसायी हुनुपर्ने भन्ने कुराले अब हुँदैन । किनभने हामीले पार्टीको चुनावमा उम्मेदवार उठाउन लागेका हाेइनाैं ।
राष्ट्र बैंकले सूचना चुहावटको नियन्त्रण गर्न सकेको छैन । अर्थतन्त्रमा ल्याउन सक्ने परिवर्तनको काम राष्ट्र बैंकले गर्न सकिरहेको छैन भने जिम्मेवारी मात्रै दिएर हुँदैन । अब आउने गभर्नरले अर्थतन्त्रका सम्पूर्ण अङ्गमा ध्यान पुर्याउन सकोस् ।
गभर्नरको लागि अहिले व्यक्तिगत स्वार्थको लागि धेरै लडेको देखियो । गभर्नर कांग्रेस, एमाले, व्यवसायी हुनुपर्ने भन्ने कुराले अब हुँदैन । किनभने हामीले पार्टीको चुनावमा उम्मेदवार उठाउन लागेका हाेइनाैं । सहि नेतृत्व चुन्न लागेको हाैं । त्यसैले अबको गभर्नर अर्थतन्त्रलाई उचाइमा पुर्याउने हुने किसिमको हुनुपर्छ ।
काम गर्ने शैलीलाई बिगारेर व्यक्तिगत स्वार्थमा निर्णय लिएको फल मिठो नआउने भएकाले समयमै सोच्नुपर्ने जरुरत छ । म पनि महिला भएको हिसाबले महिला भएकै कारणले नीलमलाई गभर्नर बन्न रोक्नु हुँदैन भन्ने मेरो बुझाइ हो ।
अहिले गभर्नर नहुँदा कैयौं निर्णयमा काम रोकिएका छन् । नयाँ काम भइरहेका छैनन् । बजेट बनाउने तयारीमा सरकार लागि रहेको छ । त्यसमा गभर्नरको पनि योग्दान महत्वपूर्ण भएकाले लापरबाही गर्नको लागि जिम्मेवारी सुम्पिएको हैन भनेर सरकारले बुझ्नुपर्छ । स्कोरिङ गर्दा यी–यी कारणले गर्दा उहाँहरूलाई हटाइयो भन्नेसम्मको बाटो राखेर गभर्नर नियुक्ति गर्दा उचित हुन्छ ।





























प्रतिक्रिया