सुपर प्रिमियम स्पोर्ट्स मोटरसाइकल अपाचे आरआर ३१० नयाँ अवतारमा, यस्ता छन् फिचर

सुपर प्रिमियम स्पोर्ट्स मोटरसाइकल अपाचे आरआर ३१० नयाँ अवतारमा, यस्ता छन् फिचर

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । टीभीएस मोटरले सुपर प्रिमियम स्पोर्ट्स मोटरसाइकल अपाचे आरआर ३१० नयाँ अवतारमा लन्च गरेको छ ।

एसिया रोड रेसिङ च्याम्पियनसिपमा २१५.९ किलोमिटर प्रतिघण्टाको उच्चतम गति र १ः४९.७४२ सेकेन्डको ल्याप टाइम जस्ता रेकर्ड बनाएको यस सुपर बाइक तीन स्टयान्डर्ड भेरिएन्ट र तीन बिल्ड टु अर्डर विकल्पमा उपलब्ध छन् ।

नयाँ अपडेटसहितको आरआर ३१० पहिलेभन्दा अझ उन्नत सुविधासहित आएको छ । यसमा सेगमेन्ट-फर्स्ट सिक्वेन्सियल सिग्नल ल्याम्प, कर्नरिङ ड्र्याग टर्क कन्ट्रोल, लन्च कन्ट्रोल, दोस्रो पुस्ताको रेस कम्प्युटर र नयाँ ८ स्पोक अलोय ह्विल समावेश रहेको कम्पनीको भनाइ छ ।

यसमा ३१२।२ सीसी रिभर्स-इन्क्लाइन गरिएको डीओएचसी इन्जिन जडान गरिएको छ, जसले ३८ पीएस पावर र २९ एनएम टर्क प्रदान गर्छ। साथै, ट्र्याक, स्पोर्ट, अर्बन र रेन गरी चारवटा राइडिङ मोड उपलब्ध छन्, जसले विभिन्न परिस्थितिमा उत्कृष्ट राइडिङ अनुभव सुनिश्चित गर्नेछ ।

Logo