काठमाडौं । रियल म्याड्रिडले यस सिजनको स्पेनिस ला लिगामा उपाधि होडको यात्रालाई कायमै राखेको छ ।
गएराति भएको खेलमा रियलले एथ्लेटिक क्लबलाई १-० ले स्तब्ध पारेको हो । रियलको जितमा फेडेरिको भाल्भर्डेले इन्जुरी समयमा गरेको गोल नै निर्णायक बन्यो ।
बराबरीतर्फ उन्मुख खेलमा भाल्भर्डेले प्रहार गरेको बल गोलमा परिणत भएको थियो।
यो जितसँगै दोस्रो स्थानमा रहेको रियलले ३२ खेलमा ६९ अंक जोडेको छ । यो सिजनमा ६ खेल बाँकी रहेको समयमा शीर्ष स्थानको बार्सिलोना भन्दा चार अंकले पछि छ। बार्सिलोनाको ७३ अंक छ ।































प्रतिक्रिया