काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले लगातार तेस्रो जित दर्ता गरेको छ ।
गएराति आफ्नै मैदानमा भएको खेलमा मुम्बईले चेन्नई सुपर किङ्सलाई ९ विकेटले स्तब्ध बनाएको हो । चेन्नईले दिएको १७७ रनको लक्ष्य मुम्बईले १ विकेटको क्षतिमा २६ बल बाँकी रहँदा नै पूरा गर्यो । मुम्बईका लागि रोहित शर्मा र सूर्यकुमार यादवको ब्याटिङ चम्कियो । शर्माले ४५ बलमा ४ चौका र ६ छक्का सहित अविजित ७६ रन प्रहार गरे भने यादवले ३० बलमा ६ चौका र ५ छक्का सहित ६८ रन प्रहार गरे ।
रायन रिकेल्टनले २४ रन जोडे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले पाँच विकेटको क्षतिमा १७६ रन जोडेको थियो । चेन्नईका लागि रवीन्द्र जडेजाले ३५ बलमा सर्वाधिक ५३ रन जोडे । साथै शिभम् दुवेले ३२ बलमा ५० रन जोडे ।
बलिङमा सात बलर प्रयोग गरेको मुम्बईका लागि जसप्रित बुमराहले दुई विकेट लिए ।
लगातार तेस्रो जित हात पारेको मुम्बई आठ अङ्कसहित छैटौँ स्थानमा उक्लिएको छ । उसको प्लेअफ सम्भावना कायमै देखिन्छ । यता चेन्नई ४ अंक सहित तालिकाको पुछारमा रहेको छ ।































प्रतिक्रिया