काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लिभरपुल अब एक जित मात्रै टाढा रहेको छ । आइतबार राति लेस्टर सिटीमाथि १–० को कठिन निकालेसँगै लिभरपुल उपाधि नजिक पुगेको हो ।
लिभरपुलका लागि ट्रेन्ट एलेक्ज्यान्डर–आर्नोल्डले गरेको एक मात्र गोल नै निर्णायक गोल बन्यो । उनले ७६औँ मिनेटको गोल गरेका थिए ।
जितसँगै लिग लिडर लिभरपुलले ३३ खेलमा ७९ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको आर्सनलसँग उसले १३ अंकको अग्रता कायम गरिसकेको छ । आर्सनलको समान खेलबाट ६६ अंक रहेको छ । यदि आर्सनल बुधबार क्रिस्टल प्यालेससँग हार्छ भने लिभरपुललाई उपाधि जित्न अर्को खेल कुर्न पर्दैन । तर, टोटनह्यामविरुद्ध जित निकाले उपाधि पक्का हुनेछ ।































प्रतिक्रिया