काठमाडौं
मह सञ्चार र किरण केसीको निर्माणमा बन्न लागेको चलचित्र ‘दाल भात तरकारी’ को शुभ मुहूर्त गरिएको छ । "/>

श्रीमती सम्झेर किन हरिवंशलाई अंगालो मारे मदनकृष्णले ? ( भिडियो सहित )

श्रीमती सम्झेर किन हरिवंशलाई अंगालो मारे मदनकृष्णले ? ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
मह सञ्चार र किरण केसीको निर्माणमा बन्न लागेको चलचित्र ‘दाल भात तरकारी’ को शुभ मुहूर्त गरिएको छ । हास्य कलाकार हरिवंश आचार्यको जन्मदिनको अवसर पारेर काठमाडौंको कमलादी स्थित गणेश मन्दिरमा यस चलचित्रको शुभ मुहूर्त गरिएको हो ।

चलचित्रको शुभ मुहुर्तमा चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल, कलाकारहरु जितु नेपाल, दीपकराज गिरी, निर्मल शर्मा, सन्दिप क्षेत्री, आंचल शर्मा, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल लगायतका कलाकारहरु सहभागी थिए । चलचित्रको शुभ मुहुर्त कार्यक्रममा कलाकार हरिबंशको जन्मदिनको केक पनि काटिएको थियो ।

कार्यक्रममा सहभागी कलाकारहरुले हरिबंशलाई जन्मदिनको शुभकामना दिएका थिए । शुभकामना दिने क्रममा हास्यकलाकार मदनकृष्ण श्रेष्ठले दाइ, भाइ, साथी, गुरु जे भने पनि आफ्नो लागि हरिबंश नै सबथोक भएको बताए । कलाकार श्रेष्ठले जीबनमा सफल हुनलाई घनिष्ट साथी र श्रीमती चाहिने बताए ।

चलचित्र ‘दाल भात तरकारी’मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, आँचल शर्मा, वर्षा राउत, किरण केसी, शिवहरी पौडेल, बसुन्धरा भूषाल, विल्शन विक्रम राई लगायतका कलाकारहरुको अभिनय रहनेछ । सुदन केसीको निर्माणमा बन्न लागेको यस चलचित्र आगामी बैशाख १३ गतेबाट प्रर्दशनमा आउने छ । हेरौं भिडियोमा :

 

Skip This
Skip This
Logo