बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सिरहा ।

सिरहा–चोहर्वा सडकखण्ड अन्तर्गत सिरहा नगरपालिका– १० पदमपुरमा विहिबार साँझ बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको ना५ख ५५१८ नंको माँ शेरावाली बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१००१–प १२५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहा नगरपालिका–११ भलुवाही निवासी २५ वर्षीय देवनारायण कामती र २६ वर्षीय अरुणकुमार कामतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई उपचारका लागि सिरहा अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । दुवै सवारी नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Skip This
Skip This
Logo