शिक्षक आन्दोलन चर्किएपछि शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

शिक्षक आन्दोलन चर्किएपछि शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

केन्द्रबिन्दु
423
Shares

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् ।

शिक्षकहरुको आन्दोलन चर्किरहेका बेला सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा बुझाएकी हुन् । “शिक्षामन्त्रीले प्रधानमन्त्रीसमक्ष आज राजीनामा दिनुभएको हो”, प्रधानमन्त्रीका प्रेस संयोजक रामजी लम्सालले भने, “के कारणले राजीनामा दिनुभएको हो भन्ने जानकारी छैन ।”

विद्यालय शिक्षा ऐन जारी गर्न प्रधानमन्त्रीस्तरमा छलफल गरे पनि निष्कर्ष ननिस्किएको अवस्थामा शिक्षामन्त्रीको राजीनामा आएको हो ।

विगतका सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुुपर्नेलगायत माग राखेर नेपाल शिक्षक महासङ्घको आह्वानमा यही चैत २० गतेदेखि शिक्षकहरुले काठमाडौँकेन्द्रित आन्दोलन जारी राखेका छन् । विद्यालय भर्ना अभियान, एसइईको उत्तरपुस्तिका परीक्षण ठप्प छ भने कक्षा १२ को परीक्षा हुने हो या होइन निश्चित छैन ।

Logo