नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा फैलिएको हैजाको प्रकोपमा परी कम्तीमा १७५ जनाको मृत्यु भएको छ । अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार हैजाको प्रकोपबाट दश हजार भन्दा बढी प्रभावित भएका छन् । "/>

हैजाका कारण १७५ को मृत्यु

हैजाका कारण १७५ को मृत्यु

केन्द्रबिन्दु
0
Shares

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा फैलिएको हैजाको प्रकोपमा परी कम्तीमा १७५ जनाको मृत्यु भएको छ । अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार हैजाको प्रकोपबाट दश हजार भन्दा बढी प्रभावित भएका छन् ।

बोको हरामको हिंसाबाट पिडित भएकै क्षेत्रमा हैजाको प्रकोप फैलिएको नर्वेली शरणार्थी परिषद्ले जनाएको छ । मानवीय सहायता सम्वन्धी समूहहरूले उत्तरपूर्वी प्रदेशहरू अडामावा, बोर्नो र योबेमा हैजाको प्रकोप छिटो छिटो फैलिएको बताएका छन् ।

नोभेम्बर महिनाको सुरुवाती दिनहरूमै प्रकोप फैलिएको समाचारमा जनाइएको छ । “शरणार्थी शिविरहरूमा ठूलो भीडभाडका साथ एकै ठाउँमा बस्नु परेकाले हैजाको प्रकोप छिटो छिटो धेरैतिर फैलिएको हो,” बोर्नो राज्यको राजधानी मैडुगुरीमा एनआरसीका कार्यक्रम व्यवस्थापक जानेट चेरोनोले भन ।

उनले एकैठाउँमा बसेकाहरूका लागि पानी र सरसफाईको व्यवस्थापन राम्रो नहँुदा समस्या भएको बताए । नाइजेरियामा बोको हरामका कारण सुरु भएको हिंसासँगै सन् २००९ देखि नै हैजाको प्रकोप फैलिने गरेको छ । रासस

Skip This
Skip This
Logo