काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी नजरबन्दबाट मुक्त भएका छन् ।
गएको चैत १५ गते तीनकुने क्षेत्रमा आयोजित प्रदर्शनका क्रममा भएको हिंसापछि सुवेदीलाई घरमै प्रहरी खटाइएर नजरबन्दमा राखिएको थियो । तर, सुवेदीलाई मंगलबारदेखि सरकारले रिहा गरेको हो।
रिहा पछि उनले विज्ञप्ति जारी गर्दै आफू आन्दोलनको नियमति काममा फर्किएको जनाएका छन् । ‘गत चैत्र १५ गतेबाट चौबीसै घण्टा म प्रहरीको निगरानीमा थिएँ । आजको दिनबाट निगरानी हटेको छ र म संयुक्त जनआन्दोलन समितिको नियमित काममा फर्केको छु । यसबीच मलाई सद्भाव, सहानुभूति राख्ने सबैप्रति आभार व्यक्त गर्दछु ।’ विज्ञप्तिमा उल्लेख छ ।
सुवेदी नजरबन्दमा परेपछि संस्कृतिविद् डा. जगमान गुरुङलाई कार्यवाहक संयोजक तोकिएको थियो । तीनकुनेमा दुईजनाको ज्यान जाने गरी भएको हिंसात्मक आन्दोलनपछि प्रहरीले धरपकड तीव्र बनाउँदा राजावादीहरूको भागाभाग भएको छ । केही प्रहरी हिरासतमा छन् त काेही अझै फरार छन् ।































प्रतिक्रिया