शिक्षामन्त्रीको राजीनामाबारे के भने प्रधानमन्त्री ओलीले ?

शिक्षामन्त्रीको राजीनामाबारे के भने प्रधानमन्त्री ओलीले ?

केन्द्रबिन्दु
81
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले स्वास्थ्यका कारण राजीनामा दिएको स्पष्ट गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६औँ वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘धेरै ठूलो छ, शिक्षा मन्त्रालय । सजिलो पनि छैन । अस्ति भर्खरै अप्रेसन पनि गर्नुभयो । त्यही भएर स्वास्थ्यको कारण राजीनामा दिएको देखाउनुभएको छ ।’

साथै उनले भट्टराईको राजीनामालाई प्रधानन्त्रीको असहयोग र उपेक्षाका कारण भनेर बाहिर चर्चा गरिएकामा असन्तुष्टि पनि जनाए। ‘प्रधानमन्त्रीले बसी खानै दिएन भन्ने हल्ला छ रे । मैले बनाएको मन्त्री, मैले सहयोग गरिरहेको छु । सिकाइरहेको छु ।’ उनले भने ।

Skip This
Skip This
Logo