राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्मा कक्षा १२ को परीक्षाबारे थप निर्णय गर्न पुगे बालुवाटार

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्मा कक्षा १२ को परीक्षाबारे थप निर्णय गर्न पुगे बालुवाटार

केन्द्रबिन्दु
465
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।

कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्ने भन्ने अन्यौलताका बीच अध्यक्ष शर्मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् । आजै मात्रै बोर्डले कक्षा १२ को परीक्षा पूर्वनिर्धारित समयमा अर्थात् यही वैशाख ११ गतेदेखि नै सञ्चालन गर्ने निर्णय लिएको थियो ।

तर, शिक्षकहरु २१ दिनदेखि काठमाडौंमा आन्दोलनरत छन् । सरकारले आफ्ना मागहरु पूरा नगरेसम्म स्कुल नफर्किने अडान उनीहरुको छ । यो अवस्थामा बोर्डले कसरी अघि बढ्ने भन्नेमा थप निर्णय हुनसक्ने बताइएको छ ।

बोर्डको आजको बैठकले आन्दोलनरत शिक्षकलाई कक्षा १२ को परीक्षा सञ्चालन गर्न सहयोग गर्न आह्वान गर्ने निर्णयसमेत गरेको छ । यसवर्ष कक्षा १२ को परीक्षामा करिब पाँच लाख विद्यार्थी सहभागी हुनेछन् । परीक्षाका लागि जापानमा एउटासहित एक हजार ५९१ परीक्षा केन्द्रको व्यवस्था गरिएको छ ।

परीक्षाका लागि त्यति नै सङ्ख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी सङ्ख्याको आधारमा करिब दुई हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तिमा एक कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी बोर्डले गरेको छ ।

Logo