नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन राष्ट्रपतिको आग्रह

नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन राष्ट्रपतिको आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ उचाइमा पुर्याउन भारतीय पक्षसँग आग्रह गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले आफूसँग शिष्टाचार भेटका लागि आएका भारतीय विदेश सचिव हर्षबर्धन श्रृङ्गलालाई विहिबार साँझ राष्ट्रपति निवास शीतल निवासमा भेट दिँदै उक्त आग्रह गरेकी हुन् ।

राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकालले द्विक्षीय आपसी हित र परस्पर सम्बन्धलाई थप गतिशील र उचाइमा लैजान राष्ट्रपतिले आग्रह गरेको जानकारी दिए । विहिबार नै दुई मुलुकका परराष्ट्र सचिवस्तरीय प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको थियो ।

Skip This
Skip This
Logo