काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले सनराइजर्स हैदरावादमाथि सहज जित दर्ता गरेको छ । गएराति भएको खेलमा मुम्बईले हैदरावादलाई उसकै मैदानमा ७ विकेटले पराजित गरेको हो ।
हैदरावादले जितको लागि दिएको १४४ रनको लक्ष्य मुम्बईले १५.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। रोहित शर्माले ४६ बलमा ८ चौका र ३ छक्कासहित सर्वाधिक ७० रन बनाए। साथै सूर्यकुमार यादवले १९ बलमा नटआउट ४० रन बनाएर टिमलाई सहज जित दिलाए।
बलिङमा जयदेव उनादकट, इशान मालिङ्गा र जिशन अन्सारीले समान एकएक विकेट लिए।
त्यसअघि राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको नोक्सानीमा १४३ रन बनाएको थियो । १३ रन बानउँदा ४ विकेट गुमाएको हैदरावादका लागि हेनरिक क्लासेनले ४४ बलमा ७१ रनको महत्त्वपूर्ण पारी खेले, जसले टिमलाई सम्मानजनक स्कोरसम्म पुर्यायो।
अभिनव मनोहरले ४३ रन बनाएर आउट भए ।
बलिङमा ट्रेन्ट बोल्टले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए। दीपक चाहरले २ विकेट झारे।
यो जितसँगै मुम्बई १० अंकसहित तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । सनराइजर्स हैदरावाद भने ७ खेलमा २ जितसहित नवौं स्थानमा छ, र प्लेअफको सम्भावना कठिन बन्दै गएको छ।































प्रतिक्रिया