काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले लोकतन्त्र दिवसको अवसमा आयाेजना गरेकाे ‘युथ सेलिब्रेशन’ कार्यक्रमलाई स्टेजको दायाँपट्टी लथालिङ्ग अवस्थामा देखिएकाे विजुलीकाे तारले गिज्याएकाे छ ।
लोकतन्त्रमा जन्मेका युवाहरुलाई लोकतन्त्रको महत्व, अर्थ सिकाउने उद्देश्यले आयोजना गरेको उक्त कार्यक्रममा एक लाख युवा उतार्ने एमालेको तयारी थियो । तर उपस्थिति भने सोचे अनुरुप त भएन् तर स्टेजको दायाँपट्टी अल्झिएर रहेको तारको अवस्थाले सरकारले गरेको विकासको झल्को दिइरहको देखियो ।
युवा शक्ति र एमालेको शक्ति देखाउन प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेका थिए । तर यहाँ त सरकारले गरेको कामको चित्रण गरेको देखियो ।
यस्तै, काठमाडौं महानगरलाई स्वच्छ, हाराभारा र सुन्दर बनाउने सपना बोकेका मेयर बालेन शाह र सुनिता डंगोलको अल्झिएका विजुलीका तार सुल्झाउनमा अहिलेसम्म ध्यान गएको छैन ।
एमालेले आयोजना गरेको उक्त कार्यक्रममा मनोरञ्जनका लागि कन्सर्ट चर्चित गायक गायिकाले प्रस्तुती दिएका थिए भने प्रधानमन्त्री ओलीदेखि एमालेका उच्च पदस्थ नेताहरुले पनि सरकार र एमालेले गरेका विकासको चर्काे भाषण दिए तर वरिपरिको अवस्थामा भने ध्यान दिएनन्।





























प्रतिक्रिया