युवाहरुलाई प्रधानमन्त्री ओलीको आह्वान- मिसन ८४ मा लाग्नुस्

युवाहरुलाई प्रधानमन्त्री ओलीको आह्वान- मिसन ८४ मा लाग्नुस्

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका कार्यकर्तालाई मिसन ८४ मा लाग्न आह्वान गरेका छन् ।

बिहीबार लोकतन्त्र दिवसको अवसरमा काठमाडौंको भृकुटिमण्डपमा आयोजित ‘युथ सेलिब्रेसन’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको बारेमा भन्दा चुनावको बारेमा चिन्ता लिन आग्रह गरेका हुन् ।

‘यतिबेला नेकपा एमाले र कांग्रेसको सरकार एउटा संकल्पका साथ बनेको सरकार हो । यो स्थिरता र स्थायित्वका लागि बनेको सरकार हो । यो केही लिएर अघि बढेको छ,’ उनले भने, ‘सरकारको बारेमा होइन, चुनावको बारेमा चिन्ता गर्नुपर्छ ।’

एमाले सरकार बनाउने र बचाउने भनेर नरहेको उल्लेख गर्दै उनले सधैं चुनाव हेर्दै आएकाले मिसन ८४ मा ढुक्क भएर लाग्न निर्देशन दिएका छन् । ‘नेकपा एमाले सरकार बनाऔं, सरकार बचाऔं भनेर हेरिरहेको हुँदैन । नेकपा एमालेले सधैं चुनाव हेरेको हुन्छ । हामीले ७० को चुनाव भन्यौं । र ८४ को चुनाव भनिरहेका छौं । ढुक्कले मिसन ८४ मा लाग्नुस् ।’ उनले भने ।

Logo