नाटो सदस्य राष्ट्रहरूबीच रक्षा बजेटमा उल्लेखनीय वृद्धि

नाटो सदस्य राष्ट्रहरूबीच रक्षा बजेटमा उल्लेखनीय वृद्धि

केन्द्रबिन्दु
18
Shares

ब्रसेल्स, बेल्जियम । नाटोले सन् २०२४ मा ३२ सदस्य राष्ट्रमध्ये २२ राष्ट्रले आफ्नो कुल आम्दानी (जिडीपी) को कम्तीमा दुई प्रतिशत रक्षा क्षेत्रमा खर्च गरेकाे जनाएको छ ।

सन् २०२२ मा रुसले युक्रेनमाथि हमला गरेपछि धेरै युरोपेली देशहरूले आफ्नो सेना र सुरक्षा खर्च बढाएका हुन्। नाटोले सबै सदस्य देशहरूलाई कम्तीमा दुई प्रतिशत खर्च गर्न सल्लाह दिँदै आएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब त्यो खर्च ५ प्रतिशत पुर्‍याउन आग्रह गरेका छन्। उनले यदि सदस्य देशहरूले आफ्नो सुरक्षा खर्च गरेनन् भने अमेरिकाबाट सहायता पाउन कठिन हुन सक्ने बताए ।

नाटोले पहिले २३ देशले यो लक्ष्य पुरा गर्ने अनुमान गरेको थियो, तर अन्तिममा २२ देशले मात्र पूरा गरेका छन्।

युरोपेली देशहरू र क्यानडाले सन् २०२४ मा संयुक्त रूपमा १९ प्रतिशतभन्दा बढी रकम रक्षा क्षेत्रमा खर्च गरेका छन्। केही देशहरूले चाँडै २ प्रतिशतको लक्ष्य पूरा गर्ने बताएका छन्।

स्पेनले यसै साता १० अर्ब युरोभन्दा बढी लगानी गरी यो वर्षभित्रै लक्ष्य पुरा गर्ने घोषणा गरेको छ। अमेरिका भने नाटोभित्र सबैभन्दा धेरै खर्च गर्ने देश हो। उसले सन् २०२४ मा नाटोको कुल खर्चको ६४ प्रतिशतभन्दा बढी व्यहोरेको थियो। -एएफपी

Skip This
Skip This
Logo