काठमाडौँ
गायक तथा साहित्यकार नरबहादुर बि.सी.द्वारा लेखिएको “युरोप डायरी” नियात्रा सङ्ग्रह काठमाडौँमा विमोचन गरिएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा पूर्वमन्त्री तथा राष्ट्रियसभाका सदस्य साहित्यकार दिननाथ शर्मा, साहित्यकार तथा समालोचक हरिहर खनाल, पुष्पराज पौडेल, हिमाल शर्मा लगायतले पुस्तक लोकार्पण गर्नुभएको थियो ।
पुस्तक माथि समालोचना गर्दै समालोचक हरिहर खनालले युरोप डायरी पढ्दै जाँदा आफै युरोप घुमिरहेको अनुभूति हुने र युरोपयात्राको चाहना राख्ने तथा नियात्रालाई माया गर्ने सबैलाई यो पुस्तक अत्यन्त उपयोगी हुने बताउनुभयो ।
प्रमूख अतिथि मन्त्री थापाले आफूले किताब पढेको र किताब पढ्दा आफू पनि युरोपमा नै भएको जस्तो लागेको बताउनु भयो । युरोप यात्रा पुस्तकलाई ज्ञानज्योति बुक्स पब्लिकेसनले वितरण गरेको छ । यसको मूल्य २५० /– रहेको छ ।































प्रतिक्रिया