देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ। यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ। हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका आमाबुबाले आजदेखि अनिश्चितकालीन धर्ना शुरु गरेका छन् । घटना भएको साढे तीन महिना भइसक्दा पनि दोषी पत्ता नलागेपछि अधिकारकर्मी र नागरिक समाजसहितको समर्थनमा उनीहरुले धर्ना थालेका हुन् ।
धादिङमा ग्यास बुलेट पल्टेर भएको आगलागीमा २ जनाको मृत्यु भएको छ। बेनिघाट रोराङ गाउँपालिका ५ बिशालटारमा भएको दुर्घटनामा परि सोही वडाकी वडा सदस्य गीता नेपाली र उनकी छोरी सुनिता नेपालीको मृत्यु भएको हो।
पश्चिम नेपालमा भूकम्पको ठूलो धक्का
सुदुरपश्चिमको दार्चुलामा भूकम्पको धक्का महशुस भएको छ। आईतबार दिउँसो १२ बजेर ५२ मिनेट जाँदा भुकम्पको धक्का महसुस भएको हो। भूकम्प गएपछि स्थानीय त्रसित बनेका छन्।
तामाकोसीको आइपिओ सबैले पाउने, कति कित्ता भर्नेलाई कति पर्ला ?
माथिल्लो तामाकोसीको आइपिओ भर्ने सबैले पाउने भएका छन्। धितोपत्र बाँडफाँड निर्देशिकाअनुसार सबैलाई शेयर दिन लागिएको बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ।
धितोपत्र बजारमा आज शेयरको मूल्यमा उच्च बिन्दुले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १७ दशमलब ३१ बिन्दुले ओरालो लागेर एक हजार २०५ दशमलब २२ बिन्दुमा झरेको छ ।
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।































प्रतिक्रिया