बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका आमाबुबाले आजदेखि अनिश्चितकालीन धर्ना शुरु गरेका छन् । घटना भएको साढे तीन महिना भइसक्दा पनि दोषी पत्ता नलागेपछि अधिकारकर्मी र नागरिक समाजसहितको समर्थनमा उनीहरुले धर्ना थालेका हुन् । "/>

निर्मलाका अभिभावक अनिश्चितकालीन धर्नामा

निर्मलाका अभिभावक अनिश्चितकालीन धर्नामा

केन्द्रबिन्दु
0
Shares

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका आमाबुबाले आजदेखि अनिश्चितकालीन धर्ना शुरु गरेका छन् । घटना भएको साढे तीन महिना भइसक्दा पनि दोषी पत्ता नलागेपछि अधिकारकर्मी र नागरिक समाजसहितको समर्थनमा उनीहरुले धर्ना थालेका हुन् ।

आइतबारदेखि निर्मलाका बुवाआमा, घरपरिवारका सदस्यसहित अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि अनिश्चितकालिन धर्ना सुरु गरेका हुन् । धर्नामा दुर्गादेवी पन्त र लक्ष्मीदेवी पन्तसमेत सहभागी छन्। 

धर्नामा बस्नु अघि कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा ¥यालीसहित प्रदर्शन गरिएको थियो। महेन्द्रनगरको मुख्य बजार चोक मदन चोकमा भेला भइ स्थानिय महिला अधिकारकर्मी, निर्मलाका आमाबुवा, बिद्यार्थीहरुले ¥यालीसहित प्रदर्शन गरेका हुन्। मदक चोकबाट सुरु भएको ¥याली बजार परिक्रमा गर्दै जिल्ला प्रशासन अगाडि गएर समापन भएको थियो।

र्यालीका क्रममा सहभागिहरुले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राजीनामाको माग समेत गरे । उनीहरुले ‘सिधा कुरा जनतासँग बलात्कारी सरकारसँग’ ‘निर्मला पन्तको हत्या सार्वजनिक गर नत्र गृहमन्त्रीले राजीनामा देउ’, ‘प्रधानमन्त्री हत्यारा लुकाउन पाइँदैन’, नेताको सिको सिकेछ प्रहरी पनि बिकेछ’ लगायतका चर्का नारा लगाइएको थियो ।

निर्मलाकी आम दुर्गा पन्तले  हत्यारा अहिलेसम्म पत्ता नलगाउँदा न्याय पाइने आशा मरेकाले धर्नामा बस्ने निर्णयमा पुगेको बताए । अनसनबाट पनि आफुहरुका माग सम्बोधन नगरिए आमरण अनसन बस्ने निर्मलाका बाबु यज्ञराज पन्तले घोषणा गरेका छन् ।

गत साउन १० गते साथीको घरमा होमवर्क गर्न गएकी १३ वर्षीया बालिका निर्मला साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

Skip This
Skip This
Logo